२०८३ साउन २६ गते मङ्गलवार | 2026 August 11th Tuesday

एमाले वडाध्यक्षद्वारा विद्यालय प्रधानाध्यापक माथि कुटपिट

दाङ, २८ फागुन । दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेको श्री उ.मा.वि. शुभ प्रभात स्कुलको विद्यालय व्यवस्थापन समितिको बैठकमा विवाद उत्पन्न भएपछि विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि तेस्रो पटक बोलाइएको भेलामा सोही वडाका एमाले वडा अध्यक्ष भानसिङ बुढाले आफ्नै पार्टीका व्यक्ति अध्यक्ष बन्नुपर्ने माग राखेका थिए । अभिभावकहरूको बहुमत उपस्थिति नपुगेपछि वडा अध्यक्ष बुढाले आफ्नो पक्षका व्यक्तिहरूलाई फर्जी हस्ताक्षर गर्न लगाएर बहुमत देखाउने प्रयास गरेका थिए ।

तर प्रधानाध्यापकले सो कार्य अस्वीकार गरेपछि वडा अध्यक्षले उनलाई हातपात गरेका थिए । त्यसपछि वडा अध्यक्षसँगै आएका व्यक्तिहरूले प्रधानाध्यापकलाई निर्घात कुटपिट गरी घाइते बनाएका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस