२०८३ साउन २६ गते मङ्गलवार | 2026 August 11th Tuesday

एमटी महरको ‘कालो चश्मा’ सार्वजनिक

दाङ, २६ साउन । नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तिज नजिकिएसँगै सांगीतिक बजारमा तिज गीतको रौनक बढ्न थालेको छ । यसै क्रममा चर्चित गायक तथा मोडल एमटी महरले नयाँ तिज गीत ‘कालो चश्मा’ सार्वजनिक गरेका छन् ।

महरको नयाँ तिज कोसेली ‘एमटी महर अफिसियल’ युट्युब च्यानल मार्फत सार्वजनिक गरेका चन । लामो समय देखि नेपाली लोक सांगीतिक क्षेत्रमा सक्रिय महरले यस गीतमार्फत मौलिकता र आधुनिक स्वादलाई समेट्ने प्रयास गरेका छन् ।

गीतमा गायक एमटी महर र गायिका दीपिका बयम्बु मगरको स्वर रहेको छ । चर्चित सर्जक शिव हमालको शब्द सिर्जना रहेको गीतलाई आकर्षक संगीत संयोजन सहित तयार पारिएको बताइएको छ ।

गीतको भिडियोमा एमटी महर स्वयं र मोडल विजया पुरीले अभिनय गरेका छन् । युवापुस्तालाई लक्षित गर्दै आकर्षक शैलीमा तयार पारिएको भिडियोमा दुवैको जोडीलाई फरक लुक्समा प्रस्तुत गरिएको छ ।

भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन भने प्रकाश खड्काले छायांकन गरेका छन् । भिडियोको सम्पादन बी स्टार फिल्मस्मा गरिएको छ ।

तिजको माहोललाई थप उल्लासमय बनाउने अपेक्षा सहित सार्वजनिक गरिएको ‘कालो चश्मा’ गीतले दर्शक श्रोताको छोटो समयमै राम्रो प्रतिक्रिया पाईराखेको छ ।

प्रकाशित मिति : २०८३ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस