२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

तुलसीपुरमा जस्मिन मसलाको लक्की ड्र पुरस्कार वितरण

दाङ, १९ चैत । धनगढीमा सम्पन्न जस्मिन मसलाको लक्की ड्र पुरस्कार आज तुलसीपुरमा वितरण गरिएको छ । गत चैत ९ गते लक्की ड्र गरेर छानिएका व्यवसायीहरूलाई प्रदान गरिएको छ ।

प्रथम पुरस्कार प्राप्त गर्ने तुलसीपुरकाे ढकाल स्टोरले ४३ इन्चको टिभी प्राप्त गरेको छ । यस्तै तृतीय पुरस्कार खड्का किराना पसलले प्राप्त गरेको कम्पनीका प्रतिनिधि भक्तराज बजगाईँले जानकारी दिएका हुन । खड्का किराना पसलले ग्याँस चुलो प्राप्त गरेको छ । 

यसैगरी, चौथो पुरस्कार ब्ल्याङ्केट सस्तो सिन्दुर किराना पसल, गौतम जनरल स्टोर, र बुद्धभूमि स्टोरले प्राप्त गरेको कम्पनी प्रतिनिधि बजगाईँले जानकारी दिएका हुन । यस्तै, सान्त्वना पुरस्कार ट्राभल ब्याग पोख्रेल ट्रेडर्स, जगदम्बा स्टोर, र कृष्ण किरानाले प्राप्त गरेको जस्मिन मसला तुलसीपुरका अधिकृत विक्रेता कृष्ण पोखरेलले जानकारी दिएका हुन ।

कम्पनीले आफ्ना डिलर, वितरक, होलसेल तथा खुद्रा व्यवसायीहरूसँगको सम्बन्ध अझ मजबुत बनाउने लक्ष्य लिएको छ । जस्मिन मसलाले आगामी वर्षहरूमा पनि यस्ता ग्राहकमुखी कार्यक्रम गर्दै जाने बताएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस