२०८३ असोज २१ गते बुधवार | 2026 October 7th Wednesday

तुलसीपुरमा रिता फेन्सी हाउस आयो संचालनमा

दाङ, १० बैशाख । दाङको तुलसीपुरमा रिता फेन्सी हाउस संचालनमा आएको छ । तुलसीपुरको बसपार्क स्थित दाङ-सुर्खेत रोडमा आज देखी रिता फेन्सी हाउस संचालनमा आएको हो ।

तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष युवा व्यवसायी बिनिल केसीले रिबन काटेर उक्त फेन्सी हाउसको उद्घाटन गरेका हुन । उद्घाटन गर्दै केसीले पछिल्लो समय युवाहरू देशमा केहि गर्नु पर्छ भन्दा पनि बिदेशीने रहन चलिरहेको यो समयम युवा हरु व्यवसायीमा जोडिनुले राष्ट्र संगै स्थानिय अर्थतन्त्र लाइ चलायमान बनाउन सकिने बताएका हुन ।

नेपालका युवा यात व्यवसायी हरुमा अहिले जुन किसिमको उत्साह घटेको छ केहि हुँदै नेपालमा भन्ने यो समयमा कम लगानीमा गरिएको यो व्यवसायीले नेपालको उद्योग व्यापारमा थप इट्टा थप्न सक्ने बताउदै व्यवसायी सफलताको शुभकामना व्यक्त गरेका हुन ।

यस्तै रिता फेन्सी हाउसका संचालक दिपक नेपाली र रिता नेपालिले नेपालमै केहि गर्ने उद्देश्यले आफुले अहिले सानो लगानीमा व्यवसायीमा जोडिएको बताएका हुन । अहिले आफुहरुले संचालनमा ल्याएको फेन्सी हाउस बाट तुलसीपुर भरे होम डेलिभरीको व्यबस्था रहेको समेत बताएका हुन ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस