२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

अबको दिन हाम्रो दिन हुने छ : अध्यक्ष प्रचण्ड

दाङ, १ जेठ । नेकपा (माओवादी केन्द्र) ले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको अभियान सुरु गर्दै छ । अभियानको सुरुवात गर्न बैतडीको पाटन जाने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयबासीसँग भेटघाट गर्नुका साथै ज्ञापनपत्र समेत बुझाएका छन ।

भेटघाटका क्रममा स्थानीयले उठाएका मुख्य समस्याहरूमध्ये खानेपानी र सिँचाइ प्रमुख रहेको भएको र त्यसको समाधान गर्न सहयोग गर्ने अध्यक्ष प्रचण्डले प्रतिबद्वता जनाएका हुन ।

अध्यक्ष प्रचण्डले स्थानीय जनताको माओवादीप्रतिको आकर्षण उल्लेखनीय रहेको बताएका हुन । उनले भने, “ तराई को अभियानले माओवादी प्रति जनतामा एउटा नयाँ उभार आएको छ । अबका दिन माओवादी र, जनताको दिन समग्रमा हाम्रो हुनेछ।”

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस