२०८३ असोज २१ गते बुधवार | 2026 October 7th Wednesday

विप्लवको पार्टीले बनाएको कम्युनिस्ट जाती ‘सी’का बारेमा घोराहीमा अन्तरक्रिया हुँदै

दाङ, ४ जेठ । विप्लव नेतृत्वको नेकपाले पार्टीले नयाँ संश्लेषण गरेको कम्युनिस्ट जाती ‘सी’का बारेमा घोराहीमा अन्तरक्रिया गर्ने भएको छ ।

पार्टीले सोमबार घोराही स्थित उधोग बाणिज्य संघको सभाहलमा विहान ११ बजेदेखि कार्यक्रम सुरु गर्ने जानकारी दिएको छ ।

नेकपा दाङका सचिव तिलक सीले पार्टी सम्बद्ध मोर्चाले ‘जातीय मुक्ती र सी जातिको प्रश्न’ विषयमा अन्तरक्रिया गर्न लागेको बताए ।

समाजवादी मगर मुक्ती मोर्चा नेपाल केन्द्रीय समितिको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा पार्टीका स्थायी कमिटीका सदस्य सन्तोष सी (विषम) आउने कार्यक्रम तय भएको मोर्चा सम्बद्ध जिल्लाका एक नेताले बताए ।

नेपाल कम्युनिस्ट पार्टीले नवौं महाधिवेशनबाट विचार , राजनीति , अर्थतन्त्र एवम जातीय मुक्ती एवम नयाँ जातिको विकास एवम संश्लेषण गरेको थियो ।

नेकपाले कम्युनिस्टहरुले नयाँ अन्तर्राष्ट्रिय कम्युनिस्ट जातीको विकल्प दिएर जातीय मुक्तिको प्रश्न हल गर्नुपर्ने मान्यता राख्दै नयाँ समान , कम्युनिस्ट एवम समजातीको रुपमा ‘सी जाती’लाई स्थापित गरिहेको छ ।

फलस्वरूप अहिले नेकपाका हजारौं नेताकार्यकर्ताले सामाजिक संजालहरुमा आफ्नो नामको पछाडी पुरानो परम्परागत जातको विकल्पमा सी लेखिरहेका छन् ।

यता भोलि घोराहीमा हुने अन्तरक्रिया कार्यक्रममा नयाँ कम्युनिस्ट जाती ‘सी’किन आवश्यकता पर्यो , यसले कसरी जातीय मुक्तिको प्रश्न हल गर्छ भन्ने विषयको कार्यपत्रमा बृहत् छलफल गर्न सकिने जानकारी दिएको छ । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस