२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

बिपद् जोखिम न्यूनिकरण गर्न व्यवसायीलाई सचेतना प्रदान

दाङ, १० जेठ । लुम्बिनी प्रदेश विपद व्यवस्थापन गुल्म तुलसीपुरले विभिन्न विपदबाट बच्न सचेतना अभियानलाई तीब्र बनाएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घको आयोजना एवम् लुम्बिनी प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्मको प्राविधिक सहयोगमा बिपद् जोखिम न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम शुक्रबार तुलसीपुरमा गरिएको छ । विपदबाट बच्न र यसबाट हुने क्षति न्यूनिकरण गर्नका लागि विपद व्यवस्थापन गुल्म तुलसीपुरले नागरिकलाई सचेतना दिन अभियान तीब्र बनाएको हो । शुक्रबार तुलसीपुर उद्योग वाणिज्य सङ्घको सभाहलमा सचेतना कार्यक्रम गरिएको लुम्बिनी प्रदेश विपद व्यवस्थापन गुल्म तुलसीपुरका प्रहरी नायब निरीक्षक बालाराम केसीले जानकारी दिए । 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आगलागी, बाढी पहिरो, डुबान, चट्याङको बारेमा प्रहरी नायब निरीक्षक केसीले जानकारी गराएका थिए । उनले आगलागी भएपछि अपनाउनुपर्ने सतर्कता, आगलागी हुँदा के गर्ने, आपतकालीन योजना निर्माण, घरमा ग्यास सिलिन्डर लिक भएर लाग्ने आगो सतर्कतापूर्वक निभाउन सकिने बारेमा प्रशिक्षण  दिएका थिए । नेपालमा प्राय आगो र ग्यासमा खाना पकाउँदा धेरै दुर्घटना भएकाले प्रयोगात्मक रुममा सचेतना गर्ने गरिएको उनले बताए ।

यसैगरी कार्यक्रममा प्रहरी सहायक हवलदार धनबहादुर चलाउने ग्यास डिफेन्डर र मट्टीतेल जस्ता प्रज्वलनशील पदार्थलाई सुरक्षित ढङ्गले राख्नुपर्ने बताए । सानो आगो लागेमा फायर एस्ट्ररिङ गुसरले निभाउन सकिने बताए । खाना पकाउँदा वा काम गर्दा मानिसलाई आगोले पोलेमा दौडिने, शरीरमा पानी हाल्ने भन्दा पनि हावा नछिर्ने कपडा शरीरमा बेरेर आगोबाट बच्न सकिने बताए । तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले सबै व्यवसायीहरूलाई विपद प्रतिकार्यमा जुट्न सचेतना अभियान गरिएको बताए । उनले यस्ता जनचेतनामूलक कार्यक्रम सबै ठाउँमा फैलाउनुपर्ने बताए ।

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस