सल्यानमा ८ वर्षीय बालकको मन्दिरभित्र लगेर धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका १० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले आफ्नै भान्जा ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार (हसिँया) प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार दिउँसो पुरीले आफ्नै घर आगनमा रहेको मन्दिरभित्र लगेर भान्जको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या भएको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । बालक भान्जालाई मन्दिरभित्र लगेर टाउको र शरीर अलग अलग बनाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार