राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीको नाम टुंगो लगाएको छ । आज बिहान बसेको रास्वपा संसदीय दलको बैमठकले दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको हो । रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डाक्टर तोसिमा कार्कीलाई पठाउने भएको छ ।
सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापित रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो गरेका हुन् । उपप्रधानसहित गृहमन्त्रीको रुपमा लामिछाने यसअघि नै सरकारमा सामेल भइसकेका छन् ।
शिक्षामन्त्री बन्न लागेका खनाल काठमाडौं-६ बाट निर्वाचित सांसद हुन् । अर्याल भने समानुपातिक सांसद हुन्। स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी कार्की ललितपुर–३ बाट निर्वाचित सांसद हुन् ।
प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार