२०८३ साउन २७ गते बुधवार | 2026 August 12th Wednesday

नुवाकोटमा आफ्नै भाईले गरे दाईको हत्या

नुवाकोटमा आफ्नै भाईले टाउकोमा लट्ठी प्रहार गर्दा सहोदर दाइको ज्यान गएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका ९ नलगाँउमा मादक पदार्थ सेवन गरेका भाई ३२ वर्षीय ईन्द्र सिंह तामाङले आफ्नै दाजु ५२ वर्षीय जगत गौचन तामाङलाई टाउकोमा लट्ठीले हिर्काउदा जगतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिनु भएको छ । डिएसपी खड्काका अनुसार लाठ्ठी प्रहार गर्ने ईन्द्र सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस