२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले सपथ लिए

लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गाेपनीयताकाे शपथ लिएका छन । प्रदेश प्रमुख अमिक शेरचनले आज बुधवार सभामुख तुलाराम घर्ती मगरलाई प्रदेश सभा नियमावली २०७९ बमोजिम पद तथा गोपनीयताका शपथ ग्रहण गराउनुभएको हाे । आफूले शपथ लिएपछि सभामुख घर्तीले उपसभामुख मेनुका खाँड केसीलाई शपथ ग्रहण गराएका थिए ।

हिजाे मङ्गलवार बसेकाे प्रदेश सभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रियामार्फत निर्विरोध चयन गरिएको थियो ।

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस