
नेपाल विद्यार्थी संघ दाङको अध्यक्षमा कुलराज पोख्रेल मनोनित भएका छन् । विद्यार्थी राजनीतिमा सक्रिय रहेका पोख्रेल नेविसंघअध्यक्षमा मनोनित भएका हुन् ।
दाङ घोराहीस्थित सरस्वती मावि काठेकोहलमा अध्ययन गर्दै गर्दा २०६३ सालमा इकाई सचिव भएर नेविसंघको राजनीतिमा पोख्रेल उदाएका हुन् ।
संगठन विस्तार र सुदृढीकरणमा निरन्तर लागि रहेका पोख्रेल २०६३ सालमा दीपशिखा माविको इकाई अध्यक्ष भएर अब्बल नेतृत्व गरे । २०७१ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङको इकाई सचिव भएर कुशल सांगठनिक नेतृत्वको दृष्टान्त बनेका पोख्रेल विद्यार्थीवर्गका रूचाइएका नेतृत्व हुन् । पोख्रेललाई आज बिहिवार नेविसंघ केन्द्रीय कार्यसमितिले अध्यक्षको जिम्मेवारी दिएको हो ।
प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार