२०८३ साउन २८ गते बिहिवार | 2026 August 13th Thursday

प्रतिनिधिसभाको उपसभामुखमा ईन्दिरा राना मगर निर्वाचित

प्रतिनिधि सभाको उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन्। शनिबार दिउँसो सम्पन्न निर्वाचनबाट रास्वपा सांसद रानामगर निर्वाचित भएकी हुन्। उनको निटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव थिइन्।

आजको संसद्‍ बैठकमा कुल २६४ जना सांसद उपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी दिए। प्रतिनिधिसभाको आजको बैठकमा भएको निर्वाचनमा रानामगरले १६६ मत पाइन्। त्यस्तै, उनको विपक्षमा ९७ मत र मत दिन्नँ भन्नेमा एक मत परेको छ।

सत्ता साझेदार दलतर्फकी उम्मेदवार रानामगरलाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी थिइन्। नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक थिए। प्रतिनिधिभा सभामुखमा बिहीबार एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

प्रकाशित मिति : २०७९ माघ ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस