२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

दाङको शान्तिनगरमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै

सामाजिक काममा निरन्तर सक्रियता जनाउँदै आएको रोटरी क्लब अफ तुलसीपुर सिटी, रोट्रयाक्ट क्लब अफ तुलसीपुर र आर.सि.सि. भिलेज कासीपुरले संयुक्त रुपमा पश्चिम दाङमा निशुल्क स्वास्थ्य शिविर सञ्चलन गर्ने भएका छन् । माघ १४ गते शनिवार शान्तिनगर गाउँपालिका २ सिम सुन्दरपुरमा रहेको वडा भवनमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने रोटरी क्लब अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष तथा स्वास्थ्य शिविर संयोजक विजय केसीले बताएका छन । उनले निम्न वर्गका जनतालाई लक्षित गरेर विशेषज्ञ सेवा सहित शिविर सञ्चालन गरिने समेत जानकारी दिए ।

शिविरमा बालरोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, वरिष्ठ फिजिसियन, हाडजोर्नी विशेषज्ञ र स्त्रीरोग विशेषज्ञ लगायतका चिकित्सकबाट बिरामीको स्वास्थ्य परिक्षण गरिने छ । ग्रामीण भेगमा रहेका नागरिकहरूले बिभिन्न कारणले रोग लुकाएर राख्ने बानी परेको हुँदा हामीले ग्रामीण भेगलाई प्राथमिकतामा राखेको रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष यज्ञबहादुर केसीले बताए ।

शिविरमा बिरामीको स्वास्थ्य परीक्षणसँगै उनीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिने समेत उनले जानकारी दिए । शिविर बिहान १० बजे बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ । साथै शिविरमा प्राविधिक सहयोग तुलसीपुर सिटी हस्पिटल प्रालि, चिनारी हस्पिटल प्रालि र विआर डेन्टल हस्पिटल प्रालिको रहेको छ ।

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस