२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

लाेकदाेहाेरी गायक भीम पाैडेलकाे नि-ध*न

लाेकदाेहाेरी गायक भीम पाैडेलकाे निधन भएकाे छ । चर्चित लाेकदाेहाेरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चाकाे शिखरमा पुगेका स्याङ्जाका गायक पाैडेलकाे बिहीबार राति करिब ११:२० मा निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ।

पारिवारिक स्राेतका अनुसार गायक पाैडेल केही समययता डिप्रेशनमा थिए। यद्यपि, उनकाे मृत्युकाे कारण भने खुल्न बाँकी छ। गायक पाैडेलकाे शव आज बिहान ११ बजे कास्कीकाे रामघाटमा ल्याइ लाेकदाेहाेरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेकाे बताइएकाे छ।

माघ १ गते पाेखरामा भएकाे यतिकाे जहाज दुर्घटनामा परी निधन भएकी गायिका निरा छन्त्यालकाे निधनपछि फेरि अर्काे गायक गुमाउनु परेकाेमा इन्द्रेणीका कृष्ण कँडेलले दु:ख व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस