२०८३ साउन ३० गते शनिवार | 2026 August 15th Saturday

अनेरास्ववियु द्वारा राप्ती बबई क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न

अंकित खनाल – नेकपा एमाले निकट अनेरास्ववियु दाङकाे २३ आै जिल्ला अधिवेशन पछि आज १८ गते तुलसीपुर राप्ती बबई क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । साे रक्तदान शिक्षक विद्यार्थी कर्मचारीहरु गरि ३५ भन्दा धेरै जनाले गरेका छन् ।

उक्त कार्यक्रम अनेरास्ववियु राप्ती बबई क्याम्पस कमिटी अध्यक्ष प्रदिप बस्नेतकाे अध्यक्षतामा एवम् प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य दाङ इन्चार्ज एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य बिरबल खड्का , विशिष्ट अतिथि अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य दाङ सह-इन्चार्ज प्रकाश शर्मा , अतिथिहरु अनेरास्ववियु दाङ जिल्ला अध्यक्ष प्रकाश रावत , अनेरास्ववियु दाङ जिल्ला उपाध्यक्ष दिनेश रावत , अनेरास्ववियु दाङ जिल्ला सचिव रविन वली , अनेरास्ववियु तुलसीपुर नगर कमिटी अध्यक्ष एवम् दाङ जिल्ला सदस्य अंकित खनाल लगायतकाे उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे थियो ।


रक्त संकटको चरम अवस्थामा उत्पन्न रक्त अभावलाई परिपुर्ति गर्न सर्वोकृष्ट अनेरास्ववियु संगठनले अभिप्रेरित भई “न बन्छ यो कलखारखानामा, न बग्छ यो खोलानालामा, हरेक स्वस्थ व्यक्ति नै हो यो पुण्य कर्मको मुहान, त्यसैले रक्तदान गरी गरौ जीवनदान” भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै क्याम्पस कमिटी एवम् शिक्षक विद्यार्थीसाथी भाईहरुकाे उपस्थितिमा रक्तदान कार्यक्रम सभ्य र भव्यताका साथ सुसम्पन्न भएकाे थियो ।
सो कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न आफ्नो अमुल्य रगत दान गर्नुहुने क्याम्पसका सम्पुर्ण शिक्षक कर्मचारी एवम् विद्यार्थी साथी भाई प्रति अनेरास्ववियु संगठन ले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस