२०८३ साउन २४ गते आइतवार | 2026 August 9th Sunday

प्रेस चौतारी महिला विभागकाे संयाेजकमा चौधरी

प्रेस चौतारी नेपाल दाङ शाखाले २५ औं स्थापना दिवस मनाएकाे छ । तुलसीपुरमा रक्तदान तथा महिला भेला सम्पन्न गरि स्थापना दिवस मनाएकाे हाे । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य कोमल ओलीले पत्रकारले जनतामा सहि सुचना दिएर आवाज विहिनकाे आवाज बन्नुपर्ने सुझाव दिएकि थिईन् ।

उनले एमाले सत्तामा रहदा दाङमा स्थायी राजधानी ल्याउने देखि भौतिक पूर्वाधारको विकासमा ठूलो फड्को मारेपनि राम्रा कामलाई जनतासम्म पुर्‍याउन नसक्दा निर्वाचनमा अपेक्षा अनुसार नतिजा नआएको बताईन् ।

दाङ शाखा अध्यक्ष ईन्द्र डिसिकाे अध्यक्षतामा भएकाे
कार्यक्रमलाई पार्टी केन्द्रिय सदस्य साजिदा सिद्दीकी, पार्टि अध्यक्ष हुकुम बहादुर बस्नेत, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासन, केन्द्रिय सदस्य गणेश आचार्य, चाैतारि विभाग प्रमुख संगीत बस्याल,एमालेका तुलसीपुर नगर कमिटी अध्यक्ष माधव ओली, लुम्बिनी प्रदेश मुख्यमन्त्रीका प्रेस संयोजक टिका बस्नेत लगायतले सम्बोधन गरेका थिए ।

सो अवसरमा रक्तदान नै जिवन दान भन्ने उद्देश्यले ११ जना पत्रकाहरुहरुले रक्तदान गरेका थिए । त्यसैगरी रक्तदानपछि आयोजित महिला भेलाले दिप्तीशीखा चौधरीको संयोजकत्वमा प्रेस चौतारी महिला विभाग गठन गरिएको छ ।

जसको उपसंयोजकमा लक्ष्मी पोख्रेल, सचिवमा सुरक्षा चौधरी, सदस्यहरूमा प्रेमकुमारी बुढामगर, मनु डिसी, रोमा पुनमगर, लगायत रहेका छन । कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गरेका थिए भने स्वागत उपाध्यक्ष प्रेम राम्जा र धन्यवाद ज्ञापन उपाध्यक्ष सुधासुमन ढकालले गरेकि थिईन् ।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस