२०८३ साउन २८ गते बिहिवार | 2026 August 13th Thursday

दाङमा श्रीमतीको ह-त्या गरेको आ-रोपमा श्रीमान प-क्राउ

दाङ प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ६ गम्चालका कृतिमान बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १९ मलार दुईखोली बस्दै आएकी श्रीमती ४४ बर्षिया गोबिना बुढाथोकीको गत २१ गते राती कुटपिट गरि उनले हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

गोबिना हिजो बिहान एक्कासी मुटु दुखेर बिरामी परेको र उपचारका लागि घोराही लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको भनेर उनले दुईखोली प्रहरीलाई झुटो विवरण दिएको प्रहरीको भनाई छ । दुईखोली प्रहरी चौकीबाट प्रहरी अधिधकृत सहितको टोलीले घटना शंकास्पद देखिएपछि मृतकका श्रीमानलाई तत्काल पक्राउ गरेको डिएसपी राजन कुमार गौतमले बताउनुभयो ।

उनलाई पक्राउ गरेर आबश्यक सोधपुछ गर्दा आफैले अस्ती राती हत्या गरेको स्वीकार गरेको उहाँले बताउनुभयो । उनलाई दाङ देउखुरी जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस