
नेपाल दलित संघ लुम्बिनी प्रदेशको बैठक जिल्ला पार्टी कार्यालय दाङमा सम्पन्न भएको छ । संघका अध्यक्ष जोगेन्द्र बिश्वकर्माको अध्यक्षतामा बसेको बैठकले प्रवक्तामा संघका सहसचिव खेमराज सेन्चुरी लाई मनोनीत गरेको छ ।
संगठनलाई पुर्णता दिन प्रतिनिधित्व हुन नसकेका जिल्लाहरूबाट सदस्यहरु मनोनीत गर्ने, नियमित बैठक बस्ने, प्रदेश कार्यालय खोल्ने र लुम्बिनी प्रदेश भित्रका प्रदेश तथा संघीय सांसदहरुलाइ बधाई तथा सम्मान कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ।
बैठकमा उपस्थित बहुमत कार्यसमिति सदस्यहरुबाट नै निर्णय पारित गरिएको छ । बैठक संचालन सचिव मोहन प्रसाद सुनारले गरेका थिए ।
प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार