सल्यानको कपुरकोट गाउँपालिकाले बिबाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ ।
बाल विवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो ।
विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बाल विवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा पालिकाको छ ।
पालिकाको हालै सम्पन्न १२ औं गाउँसभाबाट यो निर्णय पारित भइ सकेको हुनाले अबको केही दिनमा नै कार्यान्वयनमा आउने गाउँपालिका अध्यक्ष दुर्गा पुनले बताएका छन ।
प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार