२०८१ माघ ३० गते बुधवार | 2025 February 12th Wednesday

प्रजातन्त्र दिवसको विशेष उपलक्ष्यमा अनेरास्ववियु दाङ द्वारा दिप प्रज्वलन

७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष उपलक्ष्यमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दाङ ले तुलसीपुर मदन आश्चित चाेकमा दिप प्रज्वलन गरेको हाे । उक्त कार्यक्रम अनेरास्ववियु दाङ जिल्ला अध्यक्ष प्रकाश रावतकाे अध्यक्षता एवम् प्रमुख अतिथि अनेरास्वबियु निबर्तमान केन्द्रीय सदस्य प्रकाश शर्मा लगाएत विद्यार्थी नेताहरुकाे उपस्थिति थियाे भने कार्यक्रम को सहजिकर्ण अनेरास्वबियु जिल्ला कमिटि सचिव रबिन वलि ले गरेका थिए ।

  देशमा प्रजातन्त्र प्राप्तिको लागि आफ्नो ज्यान बलिदान गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात महान वीर सहिदहरु प्रती हार्दिक भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न अखण्ड राष्ट्र राष्ट्रियता सार्वभौमिकता स्वाधीनता एवम्  प्रजातान्त्रिक शासन व्यवस्थाको लागि उहाँहरुले गर्नु भएको त्याग तपस्या तथा बलिदान र उहाँहरुले सुरु गर्नुभएको महान दुरदर्शि सुनौलो यात्राको उच्च सम्मानका साथ कदर एवम् मूल्याकंन गर्दै सम्झिदै आत्मसात गर्दै देश र जनताको लागि उहाँहरुले देख्नुभएको सुनौलो सपना साकार पार्न जस्तोसुकै समय परिस्थितिको सामाना गर्न र जस्तोसुकै कदम चाल्न तयार रहेकाे अनेरास्ववियु दाङले बताएको छ । 

साथै देशमा सयौं बर्ष देखि एकलौटी रुपमा जनताको शिर माथी पाइला टेक्दै दमन गरि आफ्नो निरंकुश एकल शासन चलाउदै आएका राणाहरुको विरुद्धमा आवाज उठाउदै लड्दै प्रजातान्त्रिक शासन प्रणालीको उदय गरि बिना रोकावट जनताले आफ्ना हरेक अधिकार स्वतन्त्र रुपमा प्रयोग गर्न पाउने अवसर दिलाइ जनताले जनताकै माध्यमबाट देश र जनताको लागि आफ्नो शासन गर्न पाउने अवसर जनतालाई सुम्पिदै आफ्नो अमुल्य जीवनको बलिदानी चढाइ यो पवित्र देव भुमी एवम् शान्ती भुमी धर्ती माता बाट बिदा माग्दै गएपनी हामी उहाँ जस्ता महान वीर सहिदहरु लाई कदापि बिर्सन सक्दैनौं । उहाँहरुले देखाउनु भएको बाटो, देख्नु भएको सपना र राष्ट्रप्रेमी देशभक्त उच्च बिचार भाव लाई निरन्तरता दिन सबै नेपाली जनता एकजुट भएर अगाडि बढौ भन्ने मुल मर्मतका साथ अनेरास्ववियु दाङले दिप प्रज्वलन गरेको हाे ।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस