२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

सल्यानको कपुरकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

सल्यानको कपुरकोट गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । खेल क्षेत्रको बिकास र खेलाडीको प्रोत्साहन गर्नको लागि भन्दै आइतबार देखि बिरेन्द्र माध्यमिक विद्यालय कपुरकोट-२ गर्पामा प्रतियोगिता शुरु भएको हो । तीन दिन सम्म चल्ने प्रतियोगितामा विभिन्न बिधाहरुमा प्रतिस्पर्धा भैरहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले खेल क्षेत्रको लगानी जिवन्त रहने बताएका छन ।

यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले खेलाडीहरु राष्ट्रको गहना भएको बताएका छन । खेल ब्यक्तिको पहिचानसंग जोडिएकाले यसमा गाउँपालिकाले लगानी गर्दै आएको र आगामी दिनमा पनि लगानी गर्ने उनको भनाइ छ । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार ओलीले खेलले विद्यार्थीलाइ फ़ुर्तिलो बनाउने मात्रै नभएर आफ्नो प्रतिभालाई उजागर गर्न सहयोग गर्ने बताएका छन ।

यस्तै नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य भद्रसिंह बुढाले खेलाडीको प्रोत्साहनको लागि खेलाडीलाई सम्मान गर्नुपर्ने बताएका छन । गाउँपालिका पुर्बउपाध्यक्ष तिला बुढा मगरले खेलमा प्रतिस्पर्धा स्वभाविक भएकाले हार जित हुँदैमा अन्यथा लिन नहुने बताएकी छिन । खेलाडी सबैको साझा हुने भएकाले खेल क्षेत्रको बिकास र खेलाडीको वृद्धि, बिकासका लागि कुनैपनि निकाय बाधक बन्न नहुने उनको भनाई छ ।यस्तै जिल्ला खेलकुद बिकास समिति सल्यानका अध्यक्ष खड्ग आचार्यले खेल क्षेत्रको बिकासका लागि पालिकाले लगानी बढाउनुपर्ने बताएका छन । उनले खेल विद्यार्थीको गहना भएकाले यसको बिकासका लागि पुर्वाधार संगै खेल क्षेत्रमा पनि लगानी बढाउनुपर्ने बताएका छन ।

खेलकुद बिकास समिति कपुरकोटका अध्यक्ष शेर बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा पालिका भित्रका माबि र आधारभूत तहका गरेर झण्डै एक दर्जन विद्यालय सहभागी भएका छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस