ज्ञानज्योती ईनोभेटिभ तुलसीपुर दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ को फाईनलमा प्रवेश गरेको छ । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको आज सम्पन्न दाेस्राे सेमिफाइनल खेलमा लखनउको साहारा फुटबल क्लबलाई ५-० ले हराउँदै ज्ञानज्योती ईनोभेटिभ फाइनल प्रबेश गरेको हाे ।
सुरुवाति चरणमा अग्रता बनाएकाे ज्ञानज्योती ईनोभेटिभले पहिलाे हाफमा ३-० काे अग्रता बनाएकाे थियोे । उल्लेख्य दर्शकले भरिएको अरनिको मैदानमा सहारा क्लबले दाेस्राे हाफमा दबावमा राखेर थुप्रै अवसर सदुपयोग गर्न सकेन । ईनोभेटिभका गाेलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।
यसैबिच प्रतियोगिता अन्तरगत भोलि फाइनलमा टरिगाउ क्लव र ज्ञानज्योती ईनोभेटिभ तुलसिपुर भिड्नेछ । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु-याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन ।
त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएकोछ ।