२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

नेकपा एमालेबाट राजीनामा दिने दुर्गा प्रसाईँको घोषणा

नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेका छन् । चर्चित व्यवसायीसमेत रहेका प्रसाईँले आज एमालेबाट अलग भएको बताएका हुन् ।

प्रसाईँले केही दिन अघि पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेका थिए । त्यसपछि प्रसाईँलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको थियो। त्यसअघि नै उनले एमालेबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

प्रसाईंलाई गत वर्ष २६ मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस