
दाङको तुल्सिपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ। आज देखि सुरु भएको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता तुलसीपुर अरनिको मैदानमा सञ्चालन भइरहेको छ। प्रतियोगिता आठ दिनसम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिएका छन । प्रतियोगितामा नेपाल र भारतका कुस्ती खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिता १७ गतेसम्म सञ्चालन हुने अध्यक्ष लहरेले बताए ।
प्रतियोगितामा ३० जना भारतीय पुरुष खेलाडी, २ जना भारतीय महिला खेलाडी र ५ जना नेपाली पुरुष खेलाडीसहित गरी जम्मा ३७ जना खेलाडीको सहभागिता रहेको छ।
लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उनले कुस्ती खेलप्रतिको रुचि बढाउन प्रतियोगिताको आयोजना गरिएको बताए।
त्यस अवसरमा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार हमालले दाङमै पहिलोपटक कुस्ती प्रतियोगिता आयोजना हुँदा कुस्तीका खेलाडीलाई हौसला थपिएको बताए ।
दाङ जिल्ला खेलकुद विकास समितिका सन्तोष लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा भारतको उत्तरप्रदेशका अन्तर्राष्ट्रिय प्रशिक्षक चन्द्रराम तिवारीले कुस्ती प्रतियोगिताले कुस्ती खेल स्थापित हुन सहयोग पुग्ने बताए।