दाङ, २१ भदौ । दाङमा आयोजित पाँचौँ जिल्ला स्तरीय हाप्किडो च्याम्पियनसिपमा तुलसीपुर उपमहानगरपालिकाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै समग्र टिमतर्फ दोस्रो स्थान हासिल गरेको छ । भदौ १९ देखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा तुलसीपुर बाट ४३ जना खेलाडी सहभागी भएका थिए । तुलसीपुरका खेलाडीहरूले प्रतियोगितामा १६ स्वर्ण, १० रजत र १४ कांस्य गरी कुल ४० पदक जित्न सफल भएका छन् ।
उत्कृष्ट प्रदर्शन सँगै तुलसीपुरको टोलीले समग्र टिमतर्फ दोस्रो स्थान हासिल गर्दै ट्रफीसमेत प्राप्त गरेको हो ।
प्रतियोगितामा तुलसीपुरका खेलाडीहरूले देखाएको मेहनत, अनुशासन र उत्कृष्ट खेल प्रदर्शनले जिल्लामा हाप्किडो खेलको विकास र सम्भावनालाई थप उजागर गरेको सहभागीहरूले बताएका छन् ।
प्रतियोगिता बाट प्राप्त सफलताले आगामी दिनमा तुलसीपुरका हाप्किडो खेलाडीहरू लाई थप उत्साहित गर्दै खेल क्षेत्रको विकासमा योगदान पुग्ने अपेक्षा समेत गरिएको छ ।
