२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

राष्ट्रपतिका लागि पौडेलले गरे मनोनय दर्ता

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले मनोनय दर्ता गरेका छन् । शनिबार दिउँसो बानेश्वरस्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। उनका साथमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत थिए ।

पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा,नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल,नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ,नागरिक उन्मुक्तिकी रन्जिता श्रेष्ठ ,जनमत पार्टीका नेता अब्दुल खान, जसपाका नेता अशोक राई रहेका छन्।

यस्तै समर्थकमा लोसपा अध्यक्ष महन्ठ ठाकुर ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी,कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का र माओवादी नेता हितराज पाण्डे रहेका छन् । राष्ट्रपति उम्मेदवारका लागि आठ दलले सघाउने निर्णय गरेका थिए।

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस