२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

मगर समुदायले ४१औँ मगर दिवस मनाउँदै आज

मगर समुदायले सोमबार ४१ औँ मगर दिवस मनाउँदैछ। नेपाल मगर संघ स्थापना तथा मगर एकता दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगरहरूले यो दिन मगर एकता दिवस मनाउँदै आएका छन् ।

स्थापना दिवसको अवसरमा मगर समुदायका सांस्कृतिक, राजनेतिक अधिकारका विषयमा विभिन्न कार्यक्रम आयोजना तथा परम्परागत वेशभूषासहितको र्‍याली, सोरठी, कौडा, सालैजो र घाटु नाच प्रदर्शनसहित मनाउने नेपाल मगर संघले जनाएको छ ।

दिवसको अवसरमा मगर बाहुल्य केही पालिकाले सार्वजनिक बिदा समेत दिएका छन् । गुल्मी जिल्लाका चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। यस्तै तनहुँको म्याग्दे गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिका, बाग्लुङको निसीखोलामा पनि सार्वजानिक बिदा दिइएको छ।

नवलपरासी पूर्वका आठवटै पालिकाले पनि सार्वजनिक बिदा दिएका छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस