२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

नेपालको सन्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड : मन्त्री रेखा शर्मा

सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सन्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिने नीति लिएको बताएकी छिन ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को कार्यालय निरीक्षण तथा भेटघाटका क्रममा उनले यस्तो धारणा राखेकी हुन ।

ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भए पनि सो अनुकूल पर्याप्त कानुन नभएकाले आफू कानुन निर्माणमा केन्द्रित भएको बताएकी छिन । नेपाली समाज धेरै अगाडि बढे पनि कतिपय क्षेत्रमा पन्चायतकालीन कानुन रहेकाले यसको परिवर्तन गर्न सरकार लागेको पनि उनले बताएकी छिन ।

नेपालको परिवर्तन र जागरणमा रेडियोहरुको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै उनले अब संख्यामा भन्दा गुणस्तरीय सामग्री निर्माणमा जोड दिन आग्रह गरेकी छिन ।

अहिले समाजमा पर्याप्त कानुनी चेतनाको अभावमा बहुविवाह, छुवाछुतजस्ता जघन्य अपराधहरु भइरहेको उल्लेख गर्दै उनले सन्चारमाध्यमहरुले कानुन साक्षरतामा सहयोग पुने सामग्री निर्माणमा ध्यान दिनुपर्ने बताएकी छिन ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले सङ्घीय कानुन निर्माण गरी सामुदायिक रेडियोमा सहजीकरण गरिदिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएकी थिईन । सो क्रममा मन्त्री शर्माले सामुदायिक सूचना नेटवर्क ९सिआएन०को पनि निरीक्षण समेत गरेकी थिईन ।

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस