लुम्बिनी प्रदेशसभाका सदस्य धनबहादुर मास्की राजेशले मगर संस्कार सस्कृतीको संरक्षण गर्न मगर संग्राहालय निर्माण गर्ने बताएका छन । ४१ औँ मगर दिवसका अबसरमा हापुरेमा आयाेजित कार्यक्रममा प्रमुख अतिथिकाे आशनबाट सम्बाेधन गर्दै मास्किले यस्तो बताएका हुन । मगरहरुलाई अधिकांसले साेझाे भनेर बिश्लेसन गर्ने गरेको बताउदै मास्कीले मगरहरु साेझाे भन्दापनि ईमान्दार हुने बताएका छन । लुम्बिनी प्रदेशमा मगर समुदायको बाहुल्यता रहेको भन्दै आगामी दिनमा मगर समुदायलाई लक्षित गरेर कार्यक्रम ल्याउने बताएका छन । आफु समेत मगरकाे छाेराे भएकाे बताउदै मास्कीले आफ्नाे कार्यकालमा मगर संग्रालय निर्माण गरेर दखाउने बताएका छन ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले स्थानीय सरकार सबै समुदायको भाषा, कला, संस्कृति र साहित्यको संरक्षणका लागि स्थानिय सरकार सदैव सकारात्मक रहेको बताएका छन ।
स्थानीय सरकारले पहिलो पटक मगर दिवसका अबसरमा कार्यक्रम गर्नलाई सहयोग गरेको उल्लेख गर्दै आगामी दिनमा मगर समुदाय संगै अन्य समुदायकाे भाषा, कला र संस्कृतिकाे संरक्षण प्रबर्द्धनका लागि थप बजेट ब्यबस्थापन गर्ने समेत बताएका छन ।
अन्जु घर्ती मगरकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बबई गाउँपालिकाका उपाध्यक्ष बमकुमारी खड्का, बबई ७ का वडाध्यक्ष तथा प्रवक्ता तिलकराम भण्डारी, बबई ५ का वडाध्यक्ष हर्कबहादुर सिरिस मगर, शान्तिनगर १ का वडाध्यक्ष जंगबहादुर पुन,
नेपाली काँग्रेसका क्षेत्रीय सचिब पुर्णबहादुर केसी, बबईका उपसभापति जितबहादुर वली, नेकपा एमालेका बबई अध्यक्ष टंकराज बिश्वकर्मा, नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश सचिबालय सदस्य भिमबहादुर वली, बबई गाउँपालिकाका निबर्तमान उपाध्यक्ष साबित्रा बिश्वकर्मा लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रमकाे सञ्चालन डम्बरबहादुर श्रीस मगरले गरेका थिए ।
साे अवसरमा साँस्कृतिक कार्यक्रम पनि भएकाे थियाे । कार्यकर्ममा चर्चित लाेकदाेहाेरी गायिका जानकी तारामी मगर र गायक प्रेम बिबस घर्तीले आफ्नो प्रस्तुती राखेका थिए भने सास्कृतिक कार्यक्रम एच. आर. मगरले सन्चालन गरेका थिए । कार्यक्रममा मगर समुदायका बिभिन्न परम्परागत नाँच घाटु, मयुर तथा सोरठी नाँचसंगै विभिन्न मगर संस्कृति झलेकिने प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको थियाे ।