२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

‘सहिद तथा बेपत्ता याेद्धाहरूकाे सपना पूरा गरेरै छाड्ने’, विप्लवकाे प्रतिबद्धता

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सहिद तथा बेपत्ता याेद्वाहरूकाे सपना आफ्नाे पार्टीले पूरा गरेरै छाड्ने प्रतिबद्धता गरेका छन् । मंगलबार ललितपुर स्थित पार्टी कार्यालयमा सहिद तथा बेपत्ताहरूका परिवारजन सँगकाे भेटघाटमा महासचिव विप्लवले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

महासचिव विप्लवले जनयुद्धमा सहिद हुने, बेपत्ता हुने, घाइते हुनेदेखि जनयुद्धमा सहभागी नेता, कार्यकर्ता र जनता कसैको पनि सपना पूरा नभएकाे भन्दै नेतृत्वमा आएको विचलनताले माओवादी जनयुद्धले धाेका खानु परेको बताए । उनले एकीकृत जनक्रान्तिकाे माध्यमबाट सबैका अधुरा सपना पुरा गरेर छाड्ने विश्वास दिलाए ।

सहिद सप्ताहकाे अवसरमा सप्ताहकाे तेस्रो दिन सहिद तथा बेपत्ता याेद्वाहरूका परिवार सँग भेटघाट गरेका महासचिव विप्लवले क्रान्ति निरन्तर जारी रहेकाले निराश नहुन सहिद तथा बेपत्ता याेद्वाका परिवारजनलाई आग्रह गरे । महासचिव विप्लव सँग सहिद तथा बेपत्ता योद्धा बेनोज अधिकारीकी आमा हरिमाया अधिकारी, पुर्ण पौडेलकी आमा माेतिमाया पाैडेल र बिपिन भण्डारीकी आमा शान्ता भण्डारीले भेटघाट गरेका थिए ।

उनीहरूले महासचिव विप्लवलाई प्रचण्डको जस्तै क्रान्तिमा धाेका नदिन र सहिद तथा बेपत्ताहरूकाे सपना पुरा गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस