२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

कर्णालीमा राप्रपाले फिर्ता लियो सरकारको समर्थन

राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् । प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छन् । कर्णाली प्रदेशमा राप्रपाको एक सिट छ । गठबन्धन दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिए पनि सरकार सुरक्षित हुने देखिन्छ । कर्णालीमा तीन मन्त्रालयसहित एमाले सरकारमा छ । केन्द्रमा बाहिरिएसँगै एमालेले प्रदेशमा पनि सरकार छाड्ने अनुमानबीच जोडघटाउ सुरु भएको हो ।

यहाँ पहिलो दल कांग्रेस हो भने माओवादी दोस्रो । कांग्रेसको १४ सिट, माओवादीको १३ सिट छ। माओवादीलाई कांग्रेसले समर्थन गरेमा माओवादीको सरकार सुरक्षित हुने देखिएको हो । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि २१ सिट आवश्यक पर्छ।

यस्तै, नेकपा एकीकृत समाजवादीको १ सिट छ भने राप्रपाको १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्य रहेका छन् । सरकार बन्नका लागि माओवादी र कांग्रेसकै सुविधाजनक सिट रहेको छ । जसका कारण मुख्यमन्त्री राजकुमार शर्मा निरन्तरता पाउनेमा ढुक्क छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस