
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ को कार्यालयले बिबाह गर्नका लागि पहिलो सिफारिस दिएको छ । गाउँपालिकाको १२ औं गाउँसभाको निर्णय अनुसार अभिभाबकहरुको रोहबरमा बिबाह गर्नका लागि पहिलो सिफारिस दिएको हो । कपुरकोट गाउँपालिका ३ पाखापानी निवासी खगेन्द्र सेन र शारदा नगरपालिका १५ मालनेटा निबासी पबित्रा शाहले आबश्यक कागज पत्र पेश गरी बिबाहका लागि सिफारिस लिन निबेदन दिएकाले उपलब्ध प्रमाण पत्रको आधारमा बिबाहका लागि बैबाहिक जीबनको शुभकामना सहित सिफारिस दिइएको ३ नम्बर वडाका अध्यक्ष प्रदिप खड्काले जानकारी दिनुभयो । २० बर्ष मुनि बिबाह गर्न नपाइने कानुनी ब्यबस्था भएता पनि कपुरकोट गाउँपालिकामा २० बर्ष मुनी बिबाह गर्नेको संख्या अत्याधिक भएको पाइएकाले बालबिबाह न्यूनिकरणको कानुनी प्राबधानको सफल कार्यान्वयनको लागि सिफारिस लिनु पर्ने ब्यबस्था गरिएको कपुरकोट गाउँपालिका कार्यबाहक अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिएका छन ।
भण्डारीले ३ नम्बर वडा कार्यालयबाट बिबाहका लागि पहिलो पटक सिफारिस लिनु हुने सेन र शाहको जोडीलाई सफल बैबाहिक जीबनको शुभकामना दिंदै बालबिबाह न्यूनिकरण गर्ने गाउँपालिकाको संकल्पलाई कार्यान्वयनका लागि साथ दिएकोमा धन्यबाद दिएका छन । उनले बिबाह गर्नका लागि वडा कार्यालयबाट अनिबार्य सिफारिस लिने ब्यबस्थालाई अनुशरण गर्न अरुलाई पनि प्रेरित गर्न नब जेडीलाई अनुरोध गरेका छन । कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले फागुन १५ गते देखि बिबाहका लागि सिफारिस लिनु पर्ने ब्यबस्थाको सुरुवात भएको बताएका छन ।
वलीले कपुरकोट गाउँपालिकाका सबै नागरिक बालबिबाह न्यूनिकरण अभियानमा लागि सकेको भन्दै बालबिबाह पूर्ण रुपमा न्यूनिकरण हुने बिश्वास ब्यक्त गरेका छन । उनले कानुनमा ब्यबस्था भए अनुसार बालबिबाह गर्ने गराउनेलाई ७५ हजार सम्म जरिवाना र ३ बर्षका लागि सिफारिस गरिने र २० बर्ष पुगेकाले वडाको सिफारिस नलिएर बिबाह गर्नेहरुलाइ बिबाह दर्ता गर्दा गाउँपालिकाको निर्णण अनुसार ५ हजार जरिवाना गरिने बताउनु भयो । बिबाह गर्नका लागि सिफारिस लिंदा भने कुनै शुल्क तिर्नु नपर्ने वलीको भनाई छ ।