२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

युवा संघ दाङको अध्यक्षमा योगी निर्विरोध

एमाले निकट राष्ट्रिय युवा संघ दाङको अध्यक्षमा विवेक योगी निर्वाचित भएका छन् । दाङको घोराहीमा भएको १०औँ अधिवेशनबाट योगी निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेपनि बिहीबार अबेर राति अरू चार जनाले उम्मेदवारी फिर्ता लिएपछि योगी निर्विरोध निर्वाचित भएको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए ।

त्यसै गरी उपाध्यक्षमा मोहन पुन, सचिवमा ऋषिराज भुसाल, सहसचिवमा सम्राट भण्डारी, महिला सहसचिवमा श्रीदेवी थारु र कोषाध्यक्षमा जावेद अन्सारी सहित ७५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको छ । अधिवेशन एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २०७९ चैत्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस