वरिष्ठ जनवादी गायक जीवन शर्माले आफुले गाएका गरिव दिनदुखिका गितहरु झन सान्दर्भिक हुँदै गएको बताएका छन् । घोराहीमा राष्ट्रका लागि संगित अभियात्राद्वारा पत्रकार महासंघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै जनवादी गायक शर्माले उक्त कुरा वताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै जनवादी गितकार , गायक , संगितकार शर्माले भने – ‘मेरा गितहरु असान्दर्भिक भैदिए हुन्थ्यो भन्दै गर्दा झन सान्दर्भिक हुँदै जान्छन् । अब त गरिव-दुखिका गितहरु गाउन नपरे हुन्थ्यो जस्तो लाग्छ । समाजमा कोहि धनी र कोहि गरिव हुँदासम्म मैले गरिवका गितहरु गाइरहनुपर्छ त्यसैले मेरा गितहरु सान्दर्भिक भइरहेका छन् । गरिवहरु नभइदिएको भए समृद्धिका गितहरु गाइन्थ्यो होला ।’
एक फरक प्रसंगमा बोल्दै गायक शर्माले भासण गर्नेहरुले गित गाउनेहरुलाई वास्ता नगरेको बताए । गणतन्त्र प्राप्तीका लागि जनवादी गायक , गितकार , संगितकार , कवि , लेखक , कलाकारहरुले ठूलो योगदान भएपनी अहिले आएर भासण गर्न सक्ने नेताहरुको मात्रै चर्चा भएको समेत बताए । उनले भने ‘सबैभन्दा सुन्दर र शक्तिशाली सिर्जना गर्ने जनवादी कलाकारहरु हेपिएका छन् । जसले स्वतन्त्रताका लागि गित गायो , समाजका लागि गित गायो र एउटा हातमा किताब र अर्को हातमा बन्दुक बोक्यो गणतन्त्रका प्राप्तिका लागि त्यसको यो गणतन्त्रमा अस्तित्व रहेन । फरक यहीँ हो कि हामिले गित गायौ नेताहरुले भासण गर्न जानेका थिए ।’
हाम्रो यो सन्देश राजनीतिक दलहरुमा जावोस , ‘उनले थपे सबै बामपंथी दलहरु आपसमा झगडा होइन मिलेर हिड्नुपर्ने रहेछ भन्ने सन्देश दिनका लागि देशव्यापी संगित अभियान चलाएका छौँ ।’
पत्रकार सम्मेलनको सहजीकरण जनवादी गितकार , संगितकार तथा गायक चिरण सीले गरेका थिए ।
पत्रकार सम्मेलनमा जनवादी गितकार , संगितकार तथा गायक उदय श्रेष्ठ , कर्ण बिद्रोही , मोहित श्रेष्ठ , जनवादी संगितकार तथा गायिका निलिमा पुन , जनवादी गायिका तथा सदस्य सचिव नेपाल नाट्य तथा संगित प्रतिस्ठानकि प्रगती महरा , जनवादी गायिका कुस्मिता दर्लामी , जनवादी गायक उदय रिजाल , जनवादी नृत्यकार सन्ध्या मगर , कविता पुन , जनवादी गायक लक्ष्मण पाख्रीन , नवोदित जनवादी गायिका अनु शर्मा , नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम , नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको आसन ग्रहण रहेको थियो ।
संगीत अभियात्राको आयोजनामा यही चैत १० गते भोलि २ बजे घोराहीको बहुउद्देश्यीय सभागृहमा जनवादी सांगीतिक कार्यक्रम हुने छ । उक्त जनवादी सांगीतिक प्रस्तुतिका लागि वरिष्ठ जनवादी गायक जीवन शर्मा , मणि थापा , चिरण सीसहितका १८ जना कलाकार दाङ आएको जनाइएको छ।
भोलि २ बजे घोराहीको बहुउद्देश्यीय सभागृहमा हुने जनवादी सांगीतिक कार्यक्रममा प्रवेश निशुल्क रहेको छ भने कार्यक्रममा सहभागिता भइदिन सबैलाई अनुरोध गरिएको आयोजकले जनाएको छ ।