२०८३ बैशाख २६ गते शनिवार | 2026 May 9th Saturday

दाङको घोराही सांस्कृतिक कार्यक्रम सुरु, भोलि प्रमोद पर्सी पल आउने

अनाथ बालबालिका सहयोगार्थ घोराहीमा बृहत सांस्कृति कार्यक्रम सुरु भएको छ । डि टेन नेपाल ईन्टरटेनमेन्ट मिडिया प्रा.लिले आयोजनामा ‘घोराही बृहत सांस्कृतिक कार्यक्रम–२०७९ को विहीवार आज एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरिएको हो ।

घोराह उपमहानगरपालिका वडा नम्बर १४ झिगौँरामा आयोजना गरिएको तीन दिने सांस्कृतिक कार्यक्रमको घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले उद्घाटन गरेकि हुन ।

कार्यक्रम आयोजक मूल समितिका संयोजक बिष्णुकुमार देवकोटाको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा बोल्दै डिसीले सांस्कृति कार्यक्रमले लुकेर रहेको प्रतिभालाई प्रस्तुत गर्ने अवसर दिने बताएकि छिन । उनले दंगाली कलाकारहरुलाई प्रोत्साहण गर्नकालागी आयोजना गरिएको कार्यक्रमको सफलताको शुभकामना दिएकि छिन । दंगाली कलाकार पल शाहलाई दाङमा स्वागत गर्नकालागी आयोजना गरिएको कार्यक्रमले स्थानीय कलाकारलाई स्थान दिन पनि अनुरोध गरेकि छिन ।

कार्यक्रमको पहिलो दिन नेपाली सांगितिक क्षेत्रका गायक उर्गेन डोङ, शान्तराम सेञ्चुरी लगायत कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए, डोङले ‘हाम्रो यो माया कहिले नछ्टोस्, टाढा भए पनि मेरो माया डाढा छ नि, चञ्चले माया से जिस्काईना’ लगायत गीतहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन शुक्रवार नेपाली सांगितिक क्षेत्रका चर्चीत एवं लोकप्रीय गायक प्रमोद खरेलको प्रस्तुति रहने छ । तेस्रो दिन शनिवार नेपाली चलचित्र क्षेत्रका सुपरस्टार दंगाली नायक पल शाह, लोकदोहोरी गायक पशुपति शर्मा, लोकदोहोरी गायक एम.टि महर, माधव जोन खत्री, शान्तराम सेञ्चुरी लगायतका कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक समितिका संयोजक कमल विष्टले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७९ चैत्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस