२०८३ साउन २९ गते शुक्रवार | 2026 August 14th Friday

रेडियो नेपालकी पहिलो समाचार वाचिका कृष्णा ताम्राकारको निधन

रेडियो नेपालकी पहिलो समाचार वाचिका कृष्णा ताम्राकारको निधन भएको छ।

बिहीबार राति १० बजे न्यूरो अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो । ८६ वर्षीय उनि क्यान्सर रोगले पीडित थिईन ।

२०१८ जेठमा नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी)को जागिर छाडेर उनले रेडियो यात्रा थालनी गरेकि थिईन । रुचिको क्षेत्र भएका कारण मासिक १७५ रुपैयाँबाट १२५ रुपैयाँ तलबमा घटेर गएकी उनलाई रेडियोले नै लोकप्रियता दिएको थियो।

रेडियो पुस्तामा पंक्षी संरक्षण तथा आँखा दान अभियान समेत चलाएकी उनका थुप्रै प्रशंसक बनेका थिए। बनेपामा जन्मिएकी उनि पछिल्लो समय विश्रममा थिईन ।

प्रकाशित मिति : २०७९ चैत्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस