
चर्चित लोक दोहोरी गायिका टिका पुन, लोक दोहोरी गायक सागर वली र बाबुराम वलीको आवाजमा ‘खोलि तरेर’ बोलको गीत सार्वजनिक गरिएको छ । मन्जीत पहाडीको शब्द खेमराज गौतमले संगीत रहेको गीतको भिडियो सरोज शाहीले छायांकन गरेका हुन् ।
खेमराज गौतमको संगीत संयोजन रहेको सो गीत आलाप रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । विरेन्द्र वलीको निर्देशन रहेको उक्त गीतको भिडियोमा गायक तथा मोडल एमटी महर, मोडल चिरञ्जीवी डाँगी, दुर्गा तामाङ र विनीशा अधिकारीको अभिनय रहेको छ ।
राजकुमार मगरले सम्पादनमा तयार पारिएको गीत सागर वलीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति : २०७९ चैत्र १६ गते बिहिवार