२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

१४ बर्षदेखी पत्रकारिता गरिरहेका प्रेम राम्जा चुनाबी मैदानमा

बिगत १४ बर्षदेखि दाङमा रहेर पत्रकारिता गरिरहनुभएका पत्रकार प्रेम बहादुर राम्जा चुनाबी मैदानमा होमिने भएका छन । दाङको बबई गाउँपालिका ७ मा रहेको सरस्वती माबी चरकमटियाकाे बिधालय ब्यबस्थापन समितिको आउदाे चैत २४ गते हुने निर्वाचनमा राम्जाको नेतृत्वमा एक प्यानल तयार भएको छ । राम्जा अध्यक्ष पदका प्रत्यासी उमेदवार हुन ।

बि.ब्य.स. को नयाँ नेतृत्व चयनका लागि २०६५ साल देखि पत्रकारिता क्षेत्रमा कृयाशिल राम्जाकाे प्यानलमा तिलिकुमारी बिश्वकर्मा (दलित सदस्य) र दिलाकुमारी बिश्वकर्मा (खुला सदस्य) पदका लागि उम्मेदवारी दर्ता गराएका छन ।

५ सय १० जना अभिभावक ( मतदाता) रहेको बिधालयमा राम्जाको नेतृत्वकाे प्यानल सहित ३ वटा प्यानल चुनावी प्रतिस्पर्धामा रहने छन् । राम्जा नेतृत्वकाे प्यानलले १० बुदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेकाे छ।

१. बिध्यालयको भौतिक बिकास तथा प्रशासनिक सुधार गरेर सबैको आकर्षणको केन्द्रका रुपमा बिकास गर्ने छौ ।साथै बिध्यालयको आन्तरिक प्रशासनलाई सुधार गर्दै शैक्षिक सुधार र प्रबिधिमैत्रीका रुपमा बिकास गरिने छ ।

२. हाल प्राथमिक तहको बिध्यार्थीको संख्यालाई मध्यनजर गर्दै अङ्ग्रेजी भाषाको पढाइ सन्चालन गरिने छ । सम्पुर्ण शिक्षक स्टाफ तथा कर्मचारीलाई प्रोत्साहन गरिने छ ।

३. हरेक बर्ष सन्चालन हुने SEE परिक्षालाई ध्यानमा राखेर कक्षा १० का बिध्यार्थीलाई होस्टेल ब्यबस्थापन गरिने छ । जसले बिध्यालयको नतिजामा सुधार गर्ने छ ।

४. नेपालको बर्तमान अबस्थालाई ध्यानमा राखेर पढ्दै र कमाउदैको नितिलाई ध्यानमा राखेर प्राबिधिक धारको पढाइ सन्चालन गरिने छ ।

५. सरस्वती माध्यामिक बिध्यालयलाई आगामी दिनमा क्याम्पस सन्चालनका लागि पहल गरिने छ ।

६. बिध्यार्थी संख्या बढाउन र बिध्यालयप्रती आकर्षण गराउन स्कुल बसको अबधारणा अनुसार काम गरिने छ ।

७. पुर्ब बिध्यार्थी समाजको माध्याम मार्फत बिध्यालयमा शैक्षिक गतिबिधी समेत अघि बढाइने छ ।

८. बिध्यालयको हित, शैक्षिक सुधार गर्नका लागि सबैको सहकार्य, सल्लाह, सुझाब ग्रहण गर्दै कामको प्रक्रिया अघि बढाइने छ ।

९. बिध्यालय ब्यबस्थापन समिती, बिध्यालय प्रशासन र अभिभावकका बिचमा कक्षागत रुपमा शिक्षाको विषयमा हरेक महिना भेटघाट र छलफल गरिने छ ।

१०. अग्रजलाई सम्मान गर्नका लागि बिध्यालय स्थापना भएदेखि हालसम्मको गतिबिधी समेटेर एउटा स्मारिका प्रकाशन गरिने छ ।

प्रकाशित मिति : २०७९ चैत्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस