
प्रेमिकालाई भेट्नका लागी हुम्ला पुगेका रुकुम पुर्वका एक युवकको हत्या भएको छ । रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका ६ मयाङ निवासी २२ वर्षीय संसार घर्ति मगरको शव खोलामा अट्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवम् डिएसपी भिम भट्राईले जानकारी दिएका छन ।
उनका अनुसार मृतक घर्ति आफ्नी प्रेमिकालाई भेट्ने उदेश्यले ४ महिना अगाडी गत मंसिर ६ गते रुकुम पुर्वबाट हुम्लाका लागी हिडेको भएपनी ८ गते मात्रै उनी हुम्ला पुगेका थिए । हुम्लाको चंखेली गाउँपालिकामा जागिर गरीरहेकी दाङकी राधा थापालाई भेट्नका लागी हुम्ला पुगेका घर्ति मंसिर ८ गते अपरान्ह ४ बजेदेखी सम्पर्क विहीन भएका थिए ।
उनी वेपत्ता भएको जानकारी पाय लगत्तै खोजी कार्य तिव्र पारेको र यही चैत १२ गते मात्रै हुम्लाको चंखेली गाउँपालिका ६ स्थित कर्णाली नदिमा माछा मार्ने क्रममा स्थानीयले शव फेला पारेर आफुलाई खबर गरेको डिएसपी भट्राईले बताएका छन । शव गलेको अवस्थामा फेला परेकाले रुकुम पुर्वबाट मृतकका आफन्ती हुम्ला पुगेपछी मात्रै शरिरमा भएका चिजवस्तुका आधारमा शवको पहिचान गरीएको उनको भनाइ छ । पोष्टमार्टम पछी शव आफन्तीको जिम्मा लगाइएको छ ।
घटनामा संलग्न भएको आसंकामा अन्य ३ जना युवा सहित मृतककी प्रेमिका भनिएकी दाङकी राधा थापालाई यस अघिनै पक्राउ गरी अनुसन्धान थालेको डिएसपी भट्राईले बताएका छन । साथै हुम्लाका डिएसपी भट्राईले उनीहरुले नै हत्या गरेको भन्ने पुष्टी भई नसकेको र अनुसनधानकै क्रममा रहेकाले नाम खुलाउन नमिल्ने भन्दै अन्य तिन जना युवाको नाम गोफ्य रखिएको छ ।