२०८३ साउन ३० गते शनिवार | 2026 August 15th Saturday

दोषीलाई कारबाही नगरे थप संघर्षमा जान बाध्य हुनेछौं,अखिल (क्रान्तिकारी) दाङ

दाङको शान्तिनगर गाउँपालिका वडा न.७ को शिव शक्ति मा.बि धनौरीमा SEE दिइने छात्रा माथी भएको जबर्जस्ति करणी प्रति विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पाटीको भाद्रीसंगठन अखिल (क्रान्तिकारी) दाङले प्रेस विज्ञप्ति निकालेको छ । उक्त विज्ञप्तिमा लेखिएको छ !

नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको नेतृत्वदायी हाम्रो संगठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रमा देखिएका विकृति , विसंगति र विद्यार्थीहरु माथी हुने अन्याय अत्याचारका विरुद्ध निरन्तर संघर्षरत रहेको सबैमा सर्बविदितै छ् ।

यसै सन्दर्भमा शान्तिनगर गाउँपालिका अन्तर्गत शिवशक्ति मा वि धनौंरी मा अध्यनरत SEE दिइरहेकी छात्रा माथी सोही बिद्यालयका शिक्षक खुमानन्द पौडेल ले जबर्जस्ति करणी गरि फरार भएको दु:खद घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ् । शिक्षाको ज्योति फैलाउने पवित्र स्थान मा दिनहु हुने यस्ता घटनाले समग्र विद्यार्थीहरु र वर्तमान शैक्षिक जगतमा त्रासको वातावरण सिर्जना भएको छ । उक्त घटनाको दोषी लाई तत्काल कानुनी दायरामा लिई हदैसम्मको कारबाही गर्न र पीडित विद्यार्थी छात्रालाई उचित न्याय दिन जोडदार माग गर्दछौं । अन्यथा थप संघर्षमा जान हामी बाध्य हुने छौं ।


                                                    
                                  

प्रकाशित मिति : २०७९ चैत्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस