२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

रुकुम पश्चिमका बलराम विश्वकर्मा हिमालय लोक स्टारको सेमिफाइनलमा प्रवेश

रुकुम पश्चिमका बलराम विश्वकर्मा हिमालय लोक स्टारको सेमिफाइनलमा प्रवेश गरेका छन । सानीभेरी गाउँपालिका वडा नम्बर ३ का बलरामले उत्कृष्ट प्रस्तुति सहित सेमिफाइनलमा प्रवेश गरेका छन । प्रस्तुतिका आधारमा दर्शकले गरेको भोटबाट विश्वकर्मा उत्कृष्ट-१० बाट सेमिफाइनल अर्थात उत्कृष्ट-८ मा पुगेका हुन । अव फाईनलका लागि एक खुड्किलो मात्र बाँकी रहेको छ ।

बलरामले फाइनलका लागि भोट अपिल गरेका छन । अहिलेसम्म यो स्थानमा ल्याइपुर्याएको भन्दै सबै दर्शकलाई धन्यावाद दिदै उनले अव पनि यस्तै माया गरिदिन सबै देश तथा विदेशमा रहने दर्शकहरुलाई आग्रह गरेका छन ।

‘आदरणीय प्रिय सम्पुर्ण शुभ चिन्तक तथा शुभेच्छुक ज्यु हजुरहरूले दिनुभयको आशिर्वाद माया साथ र सपोर्टको कारण आज म टप ८ अर्थात सेमिफाइनलमा प्रवेश गरेकोछु यो आशिर्वादको लागि हृदय देखि नै आभार प्रकट गर्न चाहान्छु र अब उत्कृष्ट ८ बाट सिधै टप ५ अर्थात फाइनलमा पुर्याउनको लागि धेरै भन्दा धेरै समर्थन जनाउनुहुनेछ भन्ने आशा राखेकोछु’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।

उनलाई भोट गर्नका लागि आइएमई पे (IME Pay) मोबाइल एप डाउनलोड गर्नुपर्छ । त्यसमा गएर भोट गर्न सकिने छ । उनको भोटिङ कोड ०१ रहेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस