२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामाथि आज अन्तिम सुनुवाइ हुँदै

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले आज बलात्कार आरोप लागेका लामिछाने विरुद्धको मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

सन्दीपविरुद्ध एक किशोरीले गएको भदौमा जबरजस्ती करणीको आरोप लगाएकी थिइन् । त्यसको एक महिनापछि सन्दीप पक्राउ परेका थिए । सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर तीन महिनाबढी थुनामा बसेपछि उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । त्यसपछि यो मुद्दा सर्वोच्च पुगेको थियो ।

दुवै पक्ष सर्वोच्चमा पुगेपनि सर्वोच्चले उच्च अदालतको आदेश संशोधन गर्दै सन्दीपमाथि विदेश जान लागेको प्रतिबन्ध समेत हटाउन आदेश दिएको थियो । अब भने अन्तिम सुनुवाइ सुरु हुने भएको हो । अन्तिम सुनुवाइका क्रममा सन्दीपले सफाइ पाउने कि दोषी ठहर भएर जेल जाने भन्ने टुंगो लाग्नेछ ।

प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस