२०८३ असोज १५ गते बिहिवार | 2026 October 1st Thursday

नेपाल गोजुरियो कराते दो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा घिमिरे र सचीव मा वलि चयन

नेपाल गोजुरियो कराते दो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा उमा शंकर घिमिरे चयन भएका छन् । नेपाल गोजुरियो कराते संघ लुम्बिनी प्रदेशको आईतवार सम्पन्न प्रथम अधिवेशनले घिमिरे अध्यक्ष रहेको ९ सदस्यीय संघको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा निशाना रोकामगर,सचीव तारा बहादुर वली, कोषाध्यक्ष तेज बिक्रम वलि रहेका छन् । त्यसैगरी संघको सदस्यहरुमा एमेसन चौधरी, सत्य देब थापा, अस्मिता बोगटी, सरोज थापा, पुजा राना रहेका छन् ।

अधिवेशनको उद्घाटन समारोह नेपाल गोजुरियो कराते दो संघका केन्द्रिय महासचिव तथा प्रमुख प्रशिक्षक एवं नेपाल कराते महासंघका सचिव बिआर मित्रको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो । सो अबसरमा नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी, श्याम शेर्पा, पवन पौडेल लगायको उपस्थिति रहेको थियो । तेज बिक्रम वलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कराते प्रशिक्षक केशब विकले गरेका थिए ।

प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस