ग्लोबल ओरिएन्स नेपाल प्रालि तुलसीपुर शाखाले रक्तदान गरेको छ । सोमबार तुलसीपुर स्थित कार्यालयमै भएको कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । रगत नै जीवनदान भएकाले सामाजिक सेवा अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको प्रालिका तुलसीपुर शाखा प्रमुख रमेश वलीले बताए । शाखा प्रमुख वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रालिमा कार्यरत कर्मचारीहरुले रक्तदान गरेका थिए ।
त्यस अवसरमा वलीले प्रालिको केन्द्रीय कार्यालय बालाजुमा रहेको बताएका थिए । प्रालिले हालसम्म २१ भन्दा बढि विक्री कक्षबाट विक्री गरिरहेको छ । साथै स्वदेशी आहारापुरक खाद्य बस्तु ५ वटा,स्वदेशी सौन्दर्य प्रशोधनका सामग्री २५ वटा र भारतबाट आयातित आहारापूरक खाद्यबस्तु १२ वटा गरि कुल ४२ वटा सामानहरु विक्री गरिरहेको वलीले बताए ।
पवित्रा केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण झरना केसीले गरेकी थिइन् । नेपाल रेडक्रस सोसाइटी तुलसीपुर शाखाको आयोजनामा रक्तदान भएको थियो ।