२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

गृय तथा यातायात मन्त्रीले गरे बुटवल-नारायनगढ सडक अनुगमन

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुुटवल सडकखण्डको स्थलगत अनुगमन गरेका छन् । ठेकेदार कम्पनी चाइना स्टेटले काममा ढिलाइ गरेको र हिँडडुलमा समस्या परेको भन्दै गुनासो आएपछि अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा पछिल्लो समय काम सन्तोषजनक भएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए । गैंडाकोटदेखि बुटवलसम्म मन्त्री र विभागीय मन्त्रालयका प्रतिनिधिले स्थलगत निरीक्षण गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका हुन् । नारायणगढ–बुटवल सडक पूर्वीखण्ड योजना प्रमुख रमेशकुमार दृष्टिका अनुसार गत साउन २२ गते ३ सय ८६ दिन म्याद थप गराएको छ । यो समयसम्ममा पचास प्रतिशत काम सम्पन्न हुने लक्ष्य लिएको छ ।

‘थप भएको समयमा कामले केही तीव्रता लिएको छ । तर, अधिकतम काम गर्ने प्रतिबद्धता ठेकेदार पक्षले गरेको छ,’ उनले भने,‘अहिले ठेकेदार पक्षले कामदार बढाएको र कामले पनि केही प्रगति गरेको छ । हामीले ठेकेदार पक्षलाई पटक–पटक दबाब दिएका छौ“ काम छिटो गर्न र धुलोरहित तबरले काम गर्नका लागि ।’
२०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ठेक्का सम्झौता गरेर नारायणगढ–बुटवल सडकको स्तरोन्नतिको काम सुरु गरेको थियो । तर ४ वर्षमा २५ प्रतिशत मात्रै काम भएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस