२०८२ मङ्सिर ३ गते मङ्गलवार | 2025 November 18th Tuesday

तुलसीपुरको तुल्सी व्यापार सेवामा जिल्लाकै महँगो ईन्धन

दाङको तुलसीपुर स्थित तुलसी ब्यापार सेवामा अन्य पेट्रोल पम्प भन्दा महंगो हुने गरेको छ । सरकारले नै पेट्रोलको मूल्य घटाएर १७५ रुपैया प्रतिलिटर तोकेको अबस्थामा पनि तुलसी ब्यापार सेवाले १७६ रुपैँया ५० पैसामा पेट्रोल बेचेपछि उपभोक्ताहरुले यो विषयमा चासो पनि देखाएका छन् ।

सरकारले पेट्रोलको मूल्य घटाएको अबस्थामा एउटै मूल्यमा पेट्रोल पाउनु पर्ने उपभोक्ता रामु शर्माले बताए ।‘अन्त १७५ मै पेट्रोल पाईन्छ’,उनले भने‘तर, हामीले भने यहीबाट नै १७६.५० पैसा तिर्नुपर्छ ।’ सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएपनि तुलसीले भने त्यो मूल्य भन्दा बढि मै बेच्दै आएको छ ।

अन्य पेट्रोल पम्पले तुलसीपुर स्थित नेपाल आयल निगम वितरण केन्द्रकै कार्यालयबाट इन्धन लिने गरेको भएपनि तुलसीले भने आफै नेपालगञ्जबाट ल्याउने भएकाले महंगो पर्न जाने गरेको वितरण केन्द्र प्रमुख उपेन्द्र सुवेदीले बताए ।‘हामीबाट लिनेहरुको एउटै मूल्य छ’,उनले भने‘तर, तुलसीले आफै नेपालगञ्जबाट इन्धन ल्याउने भएकाले केही महंगोमा बेच्दै आएको छ ।’

निगम कार्यालयको १५ किलोमिटर भित्रमा एउटै मूल्यमा विक्री गर्नुपर्ने भएपनि त्यो भन्दा बाहिर भने केही बढाउन पाउने ब्यबस्था अनुरुप तुलसीले नेपालगञ्जबाट ल्याउने भएकाले महंगो पर्न गएको उनी बताउछन् । नेपालगञ्जबाट ल्याउने भएकाले आफ्नो ढुवानी मूल्य जोडेर महंगोमा बेच्ने गरेको उनले बताए । इन्धन महंगो भएपनि तुलसीपुर उपमहानगरपालिकासहित सरकारी कार्यालयले भने त्यहीबाट नै इन्धन खरिद गर्ने गरेका छन् ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस