२०८३ असोज १५ गते बिहिवार | 2026 October 1st Thursday

सिंहदरबारको फोहोर बालेनले नउठाए गम्भीर ध्यानाकर्षण गराउँछौं : मन्त्री रेखा शर्मा

सरकारले काठमाडौं महानगरपालिकाले फोहोर नउठाए गम्भीर ध्यानाकर्षण गराउने बताएको छ।

मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाको फोहोर स्थानीय तहले उठाउने नीतिगत ब्यवस्था भएको र सिंहदरबार फोहोर सोही अनुरुप काठमाडौं महानगरपालिकाले उठाउनुपर्ने बताएको हो ।

मन्त्रिपरिषद्‍को बैठकपछि बाहिरिने क्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले भनिन्, ‘काठमाडौं उपत्यकाको फोहोर स्थानीय तहले उठाउने भन्ने नीतिगत ब्यवस्था हो। त्यो ब्यवस्था परिवर्तन भएको छैन। नीतिगत ब्यवस्थाअनुसार यसलाई ब्यवस्थापन गर्नुपर्छ। यो नीति पालना गर्नका लागि सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने गम्भिर ढंगबाट छलफल भएको छ।’

यस्तै, मन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्ति अराजक भएको बताइन् ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस