२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४२४ नमुनामध्‍ये १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणा गर्दा १०२ गरी १३६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संख्या ४०१ पुग्‍यो भने ३२ जना संस्थागत आइशोलेशनमा, ११ जना आइसीयू र ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार मात्रै कोरोनाबाट निको भएर ६८ जना घर फर्किएका छन् ।यस्तै संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोनावपिरुद्धको बुष्टर डोज खोप लगाउन सबैमा आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २०८० बैशाख १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस