२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

अर्घाखाँचीमा ट्याक्टर पल्टिदा चालकको मृ-त्यु

अर्घाखाँचीको शितगंगा नगरपालिकामा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नम्बर–४ ,रातामाटामा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर च्याँप्दा कोप्चेबास निवासी चालक राजु भनेर चिनिने मानबहादुर नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

भिरालो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएको र नेपालीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीले बताए ।

प्रकाशित मिति : २०८० बैशाख २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस